कालिकोटको राष्कोट सामुदायिक अस्पतालमा भिडियो एक्सेरे सेवा

कालिकोट । कालिकोटको रास्कोट नगरपालिकामा रहेको राष्कोट सामुदायिक अस्पतालमम भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।
राष्कोट नगरपालिकाका नगरप्रमुख काशिचन्द्र बरालको भिडियो एक्सरे गरेर सेवा सुरुवात गरेको राष्कोट नगरपालिकाका स्वास्थ्य संयोजक हंश राज बराले बताए ।
राष्कोट सामुदायिक अस्पतालले स्वास्थय सेवा संञ्चालन गरे पछि राष्कोट नगरपालिका मात्र नभै कालिकोट आसपासका बिरामिहरुले सम्मेत सुर्खेत,नेपालगन्ज,काठमाडौ जानु प्रर्ने बाध्यताको अन्त्य भएको छ ।
राष्कोट सामुदायिक अस्पताल निर्माण समितिका अध्यक्ष तुलाराज सिंखडाका अनुसार अस्पताल निर्माणको लागि गैउतुकोट जग्गाको भौगोली अध्ययन लगायतका प्राविधिक काम सुरु भएको र आर्थिक संकलन अभियानलाई तीब्र पारिएको बताएका छन् ।
अस्पतालका निर्देशक डा मुकुल ढकालका अनुसार अबको २ बर्ष भित्रमा अस्पताल निर्माण सक्ने लक्ष्य लिएको बताए ।