१५ सैयाको नगर अस्पताल शिलान्यास

सुर्खेत ।
जिल्लाको लेकवेशी नगरपालिका सुर्खेतमा १५ सैयाको नगर अस्पतालको शिलान्यास गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको संयुक्त सहभागितामा देशभरका स्थानीय तहहरुमा नगर अस्पतालको शिलान्यास हुदै गर्दा लेकवेशी नगरपालिका वडा नम्बर–४, दशरथपुरमा पनि सोमबार (आज) एक कार्यक्रमको आयोजना गरि नगर अस्पतालको शिलान्यास गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं लेकवेशी नगरपालिकाका नगर प्रमुख गगनसिं सुनारले नगर अस्पतालेको शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख सुनारले अस्पताल शिलान्यास गर्न सफल हुनुमा आफुहरु गैराम्वित बताए ।
उनले भने, ‘यस अस्पतालको शिलान्यास सम्पन्न भएसंगै अब अस्पताल निर्माणले यहाँका स्थानीयहरु सानो–सानो बिरामीको उपचारकोलागि अन्यत्र ठुला अस्पतालहरु धाउनु पर्नेछैन र अन्यत्र अस्पतालमा गएर उपचार गराउँदा हुने खर्चको समेत बचत हुनेनैछ ।’
प्रमुख अतिथि सुनारले अस्पताल शिलान्यासमा सम्पूर्ण राजनीतिक दल, समाजशेवी, बुद्धीजीविहरुको पूर्ण रुपमा साथ र समर्थन रहेको भन्दै अस्पताल निर्माणको काम चाडै नै सम्पन्न हुने बताए ।
कार्यक्रममा लेकवेशी नगरपालिका नगर उप–प्रमुख, शान्तीकुमारी छन्तेल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद खरेल, लेकवेशी नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष खगेन्द्र बहादुर रुचाल, कार्यपालिका सदस्यहरु, विभिन्न राजतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी, डाक्टर एवं नगर प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।