उप–प्रमुखको गुनासो कर्मचारीहरुले समन्वय गर्नुहुदैन ।


सुर्खेत ।
लेकवेशी नगरपालिका सुर्खेतकी उप–प्रमुख शान्तिकुमारी छन्तेलले पालिकामा रहेका कर्मचारीहरुले जनप्रतिनिधिहरुसंग समन्वय नगरेको गुनासो गरेकी छिन ।
बुधबार लेकवेशी नगरपालिका सुर्खेतमा PACT Inc. नेपाल, स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाको SAHS आयोजनामा भएको बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्च स्तरमा हालको सन्दर्भमा सामाजिक जबाफदेहिताका अभ्यास, प्रयास र प्रबर्दनमा पालिकाको भुमिका विषयक अन्तरक्रिया बैठकमा उप–प्रमुख छन्तेलले यस्तो गुनासो गरेकी हुन ।
करिब २० जनाको सहभागिताको बैठकमा उनले भनिन, ‘कुरा गर्न जतिनै सजिलो छ काम गर्न धेरै गाह्रो छ, एक्लै गर्ने काम त्यो जसरी भए पनि गरिन्छ तर सामुयिक रुपमा गर्ने काम सबैको मनचित्त मिल्नु पर्दो रहेछ, त्यस कारणले का निर के भएको छ त्यो सबै जनप्रतिनिधि र कर्मचारी बसेर छलफल गरेर लेकवेशी नगरपालिकालाई अगाडी बढाउनु पर्छ ।’
बुधबार सम्पन्न बैठकको सहजिकरण स्थानीय समन्वयकर्ता गगन खड्काले गरेका थिए भने बैठकमा सामाजिक जवाफदेहिताको कार्यान्वयनको अवस्था, आगामी दिनमा सामाजिक जवाफदेहिताको अभ्यास, प्रयास र प्रबर्दन कसरी हुन सक्छ र सामाजिक जबाफदेहिता प्रबद्र्धनमा स्थानीय सरकार र नागरिक समाजको भुमिका के हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो ।