नअस्ताएका तारा गणेश नेपाली

तिलक प्रसाद पाण्डे, लेकवेशी न.पा.–३, सुर्खेत ।

सुर्खेत लेकवेशी नगरपालिका वडा न.–५ नेटा (साविक नेटा गा.वि.स.–७) का पिता श्री पहलसिंह नेपाली र माता तिलसरा नेपाली बाट २०३६ साल चैत २८ गते जन्मिएका गणेश बहादुर नेपाली एक होनहार युवा तथा सुर्खेत जिल्लाको हरेक विषयका नेताहरुमध्ये एक प्रतिभाशाली एवं बौद्घिक निष्ठावान नेता थिए । उनका भाइहरु श्री इन्द्रबहादुर बौडेल (जो नेकपा माओवादी को जनयुद कालमा माओवादी जनसेनामा काम गर्दागर्दै सहादत प्राप्त गरेका थिए ।) श्री अजीत बौडेल र श्री भुपालसिहं बौडेल छन । उनकी बहिनी भावना नेपाली एकमात्र थिइन । उनकी धर्मपत्नी नन्दा नेपाली (शिक्षिका) छोरा न्युकेश बौडेल र धिरज बौडेल छन ।
यस्तो शिक्षित र परिवर्तनकारी राजनैतिक परिवेश मा होमीएको यो पुरै परिवारका एक नेता तथा घरको अभिभावकीय भूमिकामा रहेका गणेश बहादुर नेपालीको २०७६ पौष १४ गते दिउँसो बाँके जिल्लाको नेपालगंजमा मोटरसाइकल दुर्घटनामा परि २०७६ पौष १५ गते विहान ३ः०० बजे मेडिकल कलेज नेपालगञ्जमा उपचारको क्रममा निधन भएको थियो ।


उनी सानै उमेर देखि पढाई लेखाईमा एक अव्वल र अनुशासित विद्यार्थी थिए । १ कक्षा देखि ५ कक्षा सम्म आफ्नो घरको नजिक रहेको सिद्धेश्वरी प्रा.वि. बारहगाउँ (नेटा) सुर्खेतमा अध्ययन गरी कक्षा ६ र ७ को अध्ययन मा. वि. नेटाबाट र कक्षा ८,९ र १० को अध्ययन जीवन ज्योति मा. वि. दशरथपुर सुर्खेतमा पुरा गरी २०५२ सालमा एस.एल.सी. परिक्षा उत्तीर्ण गरेका थिए ।
यसैगरी प्रमाण–पत्र तह पछि स्नातक तह २०६६ सालमा वीरेन्द्रनगर बहुमुखी कयाम्पस सुर्खेतबाट गरेका थिए । उनले कक्षा ८,९ र १० पढ्दापढ्दै उनी २०४९ साल देखि नै अखिल (छैटौ) को विद्यार्थी राजनीतिमा लागेका र घरको आर्थिक स्थिति पनि त्यतिवेला कमजोर भएकोले गर्दा ८,९ र १० कक्षा सम्मको पढाई निरन्तर भए पनि उनको प्रतिभा अनुसारको नतिजा प्राप्त हुन सकेन । साथै क्याम्पसको पढाई पनि राम्रोसँग र ठिक समयमा हुन सकेन । तर अन्य क्षेत्रमा भने उनी अब्वल दर्जाकै निस्कन सफल थिए ।
राजनीतिमा उनले निकै चासोका साथ काम गर्दैजाँदा २०४८ सालमा अखिल (छौठौ) को राजनीतिमा सक्रिय रहेर काम गर्दा जिल्ला अध्यक्ष भई राम्रो भूमिका निर्वाह गरेको कारण उनी २०५९ सालमा एकता केन्द्र मसालको जिल्ला सदस्य र जनमोर्चा नेपालको जिल्ला अध्यक्ष बनेर जिल्लामा पार्टीगत हैसियतले महत्वपूर्ण परिवर्तनकारी भूमिकामा रहेको देखिन्छ । २०६५ सालमा उनले जनमोर्चा (मसाल) को भूमिका त्यागी नेकपा माओवादी पार्टीमा प्रवेश गरी माओवादी पार्टीको भेरी÷कर्णाली राज्य समिति सदस्य, मध्यपश्चिम खेलकुद विकास समिति उपाध्यक्ष आदी पदमा रही महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
२०६५ सालमै उनी नेकपा माओवादी केन्द्रको राष्ट्रिय महादिवेशन आयोजक समिति र वाइसियल नेपालको केन्द्रिय सचिवालय सदस्य र भेरी कर्णाली सह–संयोजक हुदै हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटि सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका थिए ।
गणेश बहादुर नेपाली विद्यार्थी जीवन देखीनै बौद्धिक क्षेत्र, सामाजिक क्षेत्र, र राजनीतिक क्षेत्रमा केही न केही काम र सेवा गर्नु पर्दछ भन्ने धारणा राख्थे । यसै क्रममा ने.रा.मा.वि. नेटाको २०५८ साल देखी पटक–पटक गरि १४ वर्ष सम्म विब्यस अध्यक्ष भई त्यस विद्यालय र सम्पूर्ण विद्यार्थीहरुको अभिभावकको रुपमा रहेका थिए । यसै गरि नेटा गा.वि.स. र मा.वि. को निर्माण विकासका विविध क्रियाकलापमा अतुलनिय भुमिका निर्वाहा गरिरहेका एक सक्षम विवेकशिल, सिर्जनशील, सर्वन्यायिक र बौद्धिक ब्यक्तित्वको रुपमा लेकवेशी न.पा. तथा वडा नम्बर–५ नेटाको विकास प्रेमी र जनपे्रमी नेताको रुपमा उनी एक सुर्य उदायझै उदाएको यस क्षेत्रमा महशुस भएको थियो । यस क्षेत्रले सुर्यको उज्यालो घामबाट न्यानो प्राप्त गरेको महशुस गरेको थियो । यसरी एक अव्वल दर्जाको व्यक्तित्वको रुपमा विकास निर्माण गर्दागर्दै उनको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ । र उनका अधुरा कामहरु पुरा गर्ने दायित्व यस क्षेत्रका विकास निर्माण प्रेमी नेता, युवा र अन्य शिक्षित व्यक्तित्वहरुको काँधमा आएको कुरा महशुष गर्न जरुरी छ, र उनका सपनाहरु साकार पार्नु पर्दछ ।
यसरी १४ वर्षसम्म ने.रा.मा.वि. नेटा लेकवेशी–५ को वि.व्य.स. अध्यक्ष भई काम गरेकोमा मा.वि. नेटा सुर्खेतले पनि शोक वक्तव्य प्रस्तुत गर्दै भनेको छ की ‘‘उहाँ एक कुसल समाज सेवी र राजनीतिक विचारका प्रेरणाको श्रोत साथै नेटा र ने.रा.मा.वि. नेटाका एक प्रभावशाली अभिभावक हुनुहुन्थ्यो, यस्तो व्यक्तित्वलाई नेटाका जनाता र मा.वि. नेटाको विद्यालय परिवारले गुमाउँनु पर्दा हामी शोकमग्न छौ र हामीले उहाँका अधुरा कामहरु पुरा गर्ने प्रतिवद्धता र प्रण गर्दछौ ।’’
यसैगरी श्री जनजागृति बहुउद्देश्यिय सहकारी संस्था लि. लेकवेशी–५, नेटा, सुर्खेतले ‘‘यसरी अप्रत्यासित रुपमा घटेको यस दुर्घटनाबाट सहकारीको एक विश्वासिलो, सिर्जनशील, विवेकशील एवं सर्वन्यायिक सदस्य गुमाउँदा यस सहकारीलाई अपुरणीय क्षति पुगेकोे छ । यस दुःखद अवस्थामा दिवङ्गत सल्लाहकार सदस्य श्री गणेशबहादुर नेपाली प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन, आफन्तजन र सुभेच्छुकहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’’
यसरी मोटरसाइकल दुर्घटनाबाट असायिक निधन भएका स्वर्गिय गणेशबहादुर नेपाली प्रति आफ्ना परिवारजन शोकमग्न भएको, ने.रा.मा.वि. नेटा सुर्खेतले एक कुशल अभिभावक गुमाएको, जनजागृति सहकारी नेटाले कुसल सल्लाहकार गुमाएको, लेकवेशीका नेता कार्यकर्ताले पनि एक राजनैतीक नेता गुमाएको र नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि सुर्खेतले एक असल र निष्ठावान कार्यकर्ता गुमाएको साथै निज गणेशबहादुर नेपालीलाई पढाउने गुरुहरुले एक अध्ययनशील र अनुसासित विद्यार्थी गुमाएको कुरा कतै लिखित र कतै मौखिक तरिकाले दुःख व्यक्त गरेको सुन्दा लाग्छ लेकवेशी नगरपालिकाभरिका र अन्य क्षेत्रका सम्पूर्णले एक कुशल र सक्षम व्यक्तित्व गुमाएको ठहर गरेको छ ।
म लेखक तिलक प्रसाद पाण्डेले पनि ‘‘सहकार्यका दिनहरुलाई स्मरण गर्दै गणेशबहादुर नेपाली हाम्रो माझमा नभएपनि उहाँले देखाएको समाजशेवी भावनालाई आत्साथ गर्दै निस्वार्थ उहाँको योगदानको उच्च सम्मानका साथ लेकवेशी नगरपालिकाको एक उज्जल नक्षत्र गुमाएको महशुस गरेको छु, अन्तमा उनलाई हार्दिक श्रद्धान्जली र अलविदा गणेश भनेर हजुर सदा अमर रहनु भन्न चाहान्छु ।’’