तीन वटा सहकारीहरु एकिकृत हुदै


सुर्खेत ।
जिल्लाको लेकवेशी नगरपालिका वडा नम्बर–४, दशरथपुरमा रहेका एकै प्रकृतिका तीनवटा सहकारीहरु एकिकृत हुने भएका छन ।
वडा नम्बर–४, मा सञ्चालित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि., शक्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.र नवउद्यमशिल बचत तथा ऋण सहकारी संस्था लि. गरि तीन वटा सहकारीहरु एकिकिृत हुने भएका हुन ।
गत कार्तिक १७ गते बसेको तीन वटै सहकारी संस्थाका सञ्चालक समितिहरुको बैठकको निर्णय अनुसार एक जना सदस्यको एकै प्रकृतिको धेरै सहकारीमा दोहोरो सदस्यता हुने गरेको र सहकारी एैन २०७४ अनुसार एक जना सदस्य एकै प्रकृतिको एक भन्दा बढी सहकारीमा बस्न नमिल्ने भएकाले त्यसको अन्त्यका लागि सहकारीहरु एकिकृत गर्न लागिएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक भुवन कुमार ज्ञवालीले जानकारी दिए ।
व्यवस्थापक ज्ञवालीका अनुसार सहकारीहरुको एकिकरण अवधि २०७७ पौष ११ गते देखी २०७७ पौष १८ गते सम्म तोकिएको छ, सहकारीको नाम भने नवजनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. भनि प्रस्तावना गरिएको छ ।