सिम्ताका २ सय ५० घरमा बिजुली बत्ती बल्याे

सुर्खेत । सिम्ता गाउँपालिकामा सिम्ता उज्यालो कार्यक्रम सम्पन्न हुने क्रममा रहेको छ । यसै क्रममा गाउँपालिकाको वडा नम्वर ५ आलिमा विहिवार विद्युत लाइृन सुचारु भएको छ । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसिले स्थानिय नागरिकहरुकको घरमा बत्ती बालेर उद्घाटन गरेका हुन ।
गाउँपालिका र विद्युत प्राधिकरण वितरण केन्द्रको साझेदारिमा काम सम्पन्न भए पछि गाउँनै झिलिमिली भएको छ ।
वडा नम्वर ५ आलीमा २ सय ५० घरधुरीमा पहिलोपटक वत्ति वलेको छ । गाउँपालिकाको ३० लाख र अन्य सहयोग विद्युत प्राधिकरणले गरेको हो । गाउँमा वत्ति पुगे पछि स्थानीय मोहन चन्दले खुसि व्यक्त गरेका छन । वत्तिको लागि पहल कदमि पुर्याउन सफल गाउँपालिका सरकारलाई त्यहाँका स्थानीयले धन्यवाद समेत दिएका छन् । सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत प्रत्येक वडाहरुमा संघ सरकार, सामुदायिक विद्युतिकरण र सिम्ता गाउँपालिकाको साझेदारीमा काम अघि वढिरहेको जनाएको छ ।
२०७८ आषाढ मसान्तसम्म सबै काम सम्पन्न हुने लक्ष्य लिएको अध्यक्ष केसीको दावि छ । सुरुमा सिम्ता उज्यालो कार्यक्रम नामकरण गरेर योजना अनुसार काम अघि वढेको थियोे र त्यसले अहिले बल्ल सार्थकता पाएको छ । सबै वडा र वस्तिमा विद्युतिकरणका लागि संघ,प्रदेश,सामुदायिक विद्युतिकरण,प्राधिकरण र गाउँपालिकाको साझेदारि रहने जनाएको छ ।
विद्युतिकरणको लागि कोभिडले गर्दा रोकिएको कामले पुनः तिब्रता लिएको छ ।
वडा नं ५ का वडा अध्यक्ष मोहन विसिको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहि, नेकपा पार्टी सचिव झुव वहादुर वुढा, नेकपा स्थानीय नेता ऐन वहादुर चन्द गणेश विक लगाएतले विद्युत उद्घाटन कार्यक्रम आफ्नो भनाइ राखेका थिए । कार्यक्रम वडा नं. ५ को वजेडा आलिमा भएको थियो ।