नेकपा विभाजनको असर स्थानीय तहसम्म, नदिएको राजिनामा अध्यक्षद्वारा स्वीकृत


काठमाडौँ । नेकपाको केन्द्र विभाजनको डाइरक असर स्थानीय तहमा समेत देखिन थालेको छ । नेकपा विभाजनकै कारण मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, बिच भएको विभादले स्थानीय तहमा समेत यसको ठुलो असर परेको देखाउछ ।
अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला विष्ट पूर्व एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन । अहिले केन्द्रमा पार्टी विभाजन भएपछि अध्यक्ष उप्रेती र उपाध्यक्ष विष्ट दुई समूहमा विभाजित छन । पार्टी विभाजनपछि अध्यक्ष उप्रेती ओली समुहमा लाग्नुभएको छ । उपाध्यक्ष प्रचण्ड–माधव समुहमा भएको भन्दै अध्यक्ष उप्रेतीले उपाध्यक्षको नदिएको राजीनामा स्वीकृत भएको विभिन्न मिडियाहरुलाई जानकारी दिनुभएको छ । उहाँले गत मङ्सिर २९ गते उपाध्यक्ष विष्टले राजीनामा दिएको दाबी गर्दै पुस १७ गते शुक्रबार गाउँ कार्यपालिकाको बैठकले उक्त राजिनामाको स्वीकृत गरेको बताउनुभएयो ।
यता उपाध्यक्ष विष्टले भन्नुभयो, मैले राजीनामा दिएकै छैन । राजीनामा दिएको भन्नु भ्रमपूर्ण हो यसमा सत्यता नभएको बताउनुभयो । यसमा आफुमाथि अध्यक्षले अन्याय गरेको बताउनुभयो । आफुले दिदै नदिएको राजिनामा कसरी स्वीकृत भएको ? उपाध्यक्ष विष्टले भन्नुभयो, आफुमाथि ठुलो घात भएको छ । शुक्रबार बेलुका लेखा सहाकको रुपमा कामगर्दै आउनुभएका डिल्ली रेग्मी र अध्यक्षका छोरा विकाश उप्रेतीले आफुलाई जवरजस्ती दर्ता किताबमा हस्ताक्षेण गर्न दवाव दिएको बताउनुभयो । आइतबार पत्रकार सम्मेलन समेत गरेको बताउनुभयो । यदि आफुले राजिनामा दिएको हो भने खैत प्रमाण ?
अध्यक्ष उप्रेती र आफु दुवै पूर्व एमालेबाट निर्वाचित भएको बताउनुभयो । तर प्रधानमन्त्रीले ५ गते संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दा नेकपा टुटफुट भएपछि अध्यक्ष उप्रेती ओली समूहमा लाग्नुभएको उपाध्यक्ष विष्टले बताउनुभयो । उपाध्यक्ष आफु खुलेर कुनैपनि समूहतिर नभएको बताउनुभयो । आज आएर अध्यक्षले यस्तो हर्कत देखाउनुभनेकै गुटकै कारण त्यस्तो हुनसक्ने अनुमान भएको बताउनुभयो ।
त्यस्तै पुस १ मा बसेको गाउँ कार्यपालिकाको बैठकले पनि उपाध्यक्ष विष्टले राजीनामा दिएकोभन्ने समाचारमा सत्यता नरहेको र भ्रमपूर्ण हल्लाप्रति ध्यानाकर्षण भएको निर्णय गरेको थियो । बैठकको निर्णयपछि पुस २ मा बक्तव्य जारी गरेरै उपाध्यक्ष विष्टको राजीनामाबारे भ्रममा नपर्न आग्रह गरिएको थियो ।
तर पुस १७ को बैठकमा अध्यक्ष उप्रेतीले उपाध्यक्ष विष्टको राजीनामा आएको जानकारी भन्दै स्वीकृत गरेको बताउनुभयो । उपाध्यक्ष विष्ट भने दिँदै नदिएको राजीनामा स्वीकृत गरिएको भ्रम फैलाइएको भन्दै कार्यालय आउन छोड्नुभएको छैन ।
यो त एउटा सुरुवात मात्र हो नेकपाको केन्द्रमा विभाजनले देशका ७७ वटै जिल्लाका स्थानीय तहलाई ठुलो असर पर्दै जाने देखिन्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले ५ गते संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसपछि नेकपाको केन्द्रमा विभाजन भएको होे ।
पार्टी विभाजन भएपछि प्रचण्ड–माधव एक समुहमा रहेका छन भने प्रधानमन्त्री ओलीको समुह छुट्टै भएको छ । अहिले नेकपाको विभाजन केन्दैमा मात्र छैन, प्रदेश र स्थानीय तहसम्म पार्टी विभाजन भइरहेको छ । स्थानीय तहका जनप्रतिनिधि पहिला एउटै पार्टीबाट निवातिच भएपनि अहिले फरक फरक समुहका कारण जनप्रतिनिधिहरुमा यस्थो समस्य हुँदै आएको छ । पालिका न्युजबाट ।