नेकपा फुटेको छैन – खानेपानी मन्त्री मणी थापा

सुर्खेत । विधीवत रुपमा नेकपा पार्टी फुटीनसकेको खानेपानी तथा सरसफाई मन्त्री मणी थापाले बताउनु भएको छ ।
वीरेन्द्रनगरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचनमा अहिले विभाजनको डिलमा पुगेको नेकपा प्रचण्ड नेपाल पक्षसँग आउने निर्वाचनमा सहमति र सहकार्य हुनसक्ने संकेत देखाउनुभयो ।
कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएपछि जाजरकोटको कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार पहिलो सुर्खेत आउनु भएका थापाले देशी तथा विदेशी तत्वका कारण नेकपा एकता विभाजन भएको दाबी समेत गर्नुभयो ।
देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसैलाई सुधार्न प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको घोषणा गर्नुभएको उहाँले बताउनु भयो ।
खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका केपी ओली नेतृत्वको नेकपाका नेता मणिचन्द्र थापाले देशलाई अस्थिरताबाट बचाउन र जनतासँग म्याण्डेट लिनका लागि मध्यावधि निर्वाचन घोषणा गरिएको बताउनुभयो ।
जनतामा जाने सोचलाई केही तत्वहरुले प्रतिगमनतर्फ जाने भन्ने कुरा नकरात्मक भएको टिप्पणी गर्दै निर्वाचननै अहिलेको विकल्प रहेको बताउनुभयो ।