ब्राउनसुगर सहित २ जना पक्राउ

सुर्खेत ।
ब्राउनसुगर सहित आइतबार २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं। १० कालिकानगर बस्ने वर्ष २७ को सिर्जना गुरुङ् र सोही जिल्ला बैजनाथ गाँउपालिका वडा नं। १ गाभर बस्ने वर्ष २१ को बिशाल रोकाय रहेका छन ।
गुराँस गाँउपालिका वडा नं। २ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिकै सडक खण्डमा शंकास्पद अवस्थामा हिँडि राखेका निजहरुलाई खानतलासी गर्दा निजहरुको साथमा ४० पुडिया ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गुरुङ्ले आफ्नो खुट्टाको मोजामा ४० पुडिया बनाई धागोले बेरेर लुकाईराखेको अवस्थामा ब्राउन सुगर  र रोकायाको साथबाट नगद रु।३४,०००।– फेला परेको थियो ।
दुबैको साथबाट फेला परेको ब्राउन सुगर र नगदलाई बरामद गरी दुवै जनालाई जिल्ला अदालत दैलेखबाट लागुऔषध मुद्दामा म्याद थप गरि थप अनसुन्धान भईरहेको प्रहरीले जनाएको छ ।