भिरबाट लडेर एकको मृत्यु


सुर्खेत ।
आइतबार काम गरेर घर तर्फ फर्कने क्रममा भिरबाट लडेर एकको मृत्यु भएको छ ।
दैलेखको महाँबु गाँउपालिका वडा नं.–१ ओखलढुङ्गा बस्ने ५५ बर्षिय चक्र बहादुर खाणको लडेर मृत्यु भएको हो ।
महाँबु गाँउपालिका वडा नं.–१ गैँडाबाज बजारबाट काम गरी घरतर्फ फर्किने क्रममा खाणको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।