विद्यार्थीहरुले जलाए उपकुलपती सिंहको पुत्ला


सुर्खेत ।
सोमबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका विद्यार्थीहरुले विश्वविद्यालयको उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका छन् ।
विभिन्न माग राख्दै आइतबार विश्वविद्यालयको उपकुलपती नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुलाई उपकुलपतिको निर्देशनमा विद्यार्थीमाथि प्रहरी दमन भएको भन्दै विद्यार्थीले सोमबार विश्वविद्यालय परिसरमा उपकुलपती नन्दबहादुर सिंहको पुत्ला जलाएका हुन् ।
उपकुलपतिले ज्ञापन पत्र बुझ्न नमानेपछि धर्नामा बसेका विद्यार्थीमाथी प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाईफायर गर्दा केही विद्यार्थी घाइते भएका थिए।
विश्वविद्यालयमा अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ, कोरोना अवधिको शुल्क मिनाह जस्ता  विषयमा उपकुलपतीलाई ज्ञापनपत्र बुझाउन विद्यायार्थीहरु विद्यालयमा पुगेका थिए ।