पञ्चपुरीले अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्यायो


सुर्खेत, २७ पौष ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले अस्थायी कोरोना अस्पताल सोमबारदेखी संचालनमा ल्याएको छ । नगरपालिकाको केन्द्र समेत रहेको बाबियाचौरमा अस्थायी कोरोना अस्पताल संचालनमा ल्याईएको हो । अस्पतालमा कोरोना संक्रमितहरु राख्नको लागि पाँच वडा बेड समेत तयार गरिएको नगरपालिकाले जनाएको छ । कोरोना अस्पतालबाट कोरोना रोग नियन्त्रणका जनचेतना फैलाउने, संक्रमितको ब्यबस्थापन लगाएतका कामहरु गरिने नगरपालिकाले जनाएको छ ।
अस्थायी कोरोना अस्पतालको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले कोरोना रोग नियन्त्रणपछि अस्पताललाई सरुवा रोग नियन्त्रण अस्पतालको रुपमा बिकास गरिने बताए । समुदायमा कोरोना फैलिरहेको र यसको रोकथामको प्रमुख भुमिका ब्यक्तिगत सावधानीनै भएको हुदा सरसफाइ र सामाजिक दुरी कायम राख्न सबैलाई आग्रह समेत नगरप्रमुख थापाले सुझाव दिएका छन् ।