नगर खेलकुद बिकास समितीकाे उपाध्यक्षमा मल्ल


सुर्खेत, २७ पौष ।
लेकवेशी नगर खेलकुद बिकास समिती उपाध्यक्षमा हेमन्त कुमार मल्ललाई मनोनयन गरिएको छ । नगरपालिकाले केही समय अगाडी उपाध्यक्ष पदका लागी आवेदन माग गरेको र हेमन्त मल्लको मात्र आवेदन परेपछी उनलाई मनोनयन गरिएको नगरखेलकुद विकास समिती अध्यक्ष्य तथा उपप्रमुख शान्ती कुमारी छन्तेलले जानकारी दिईन् ।
२०५६ सालदेखी नेपाल सितोरियो कराते खेलबाट आफ्नो खेल जिवन सुरु गरेका मल्ल, करातेको थर्ड डान हुन । करातेको राष्ट्रीय खेलाडी, कराते महासंघको राष्ट्रीय रेफ्री र सितोरियो करातेको अन्तराष्ट्रीय रेफ्री हुन । उपाध्यक्षमा मनोनयन भईसकेपछी नेपालदर्शन संग कुराकानी गर्दै उपाध्यक्ष मल्लले भने लेकवेशीलाई खेल क्षेत्रमा चिनाउछु । खेल क्षेत्रको पुर्वाधार विकासका लागी तत्काल काम सुरु काम सुरु भईसकेको उनको भनाई रहेको छ ।