पञ्चपुरीमा छुवाछूत निवारणका लागि नगर स्तरिय अभिमुखिकरण

सुर्खेत । समाज रुपान्तरण तथा छुवाछूत निवारणका लागि ३ दिने नगर स्तरिय अभिमुखिकरण कार्यक्रम आज देखि सुर्खेतको बाबियाचौरमा सुरु भएको छ । दलित शसक्तिकरण समाज पञ्चपुरीको आयोजनामा भएको कार्यक्रममा १ सय ५० भन्दा बढिको सहभागीता रहेको छ । पञ्चपुरी नगरपालिका भित्रका सम्पुर्ण वडाका दलित समुदायको सहभागीता रहेको कार्यक्रममा कानुनि तथा जातिय विभेद र शसक्तिकरणका बिषयमा छलफल हुने संस्थाका कोषाध्यक्ष तेज बहादुर रोकायले जानकारी दिए ।
कार्यक्रमको उद्घाटनमा बोल्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले जातिय बिभेदलाई समाजबाट हटाउन संस्थाले अभियान संचालन गर्न आबश्यक रहेको बताईन् । कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले छुवाछूत अन्त्य गर्ने अभियानमा छाउपडि प्रथालाई पनि संगै जोडेर लैजानुपर्ने बताए । दलित समुदायको आयआर्जन र शसक्तिकरणका लागि नगरपालिका बाट पनि कार्यक्रम गर्दै आएको र आगामि दिनमा आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका अध्यक्ष कृष्णबहादुर बिकले पुरानो सोच र संस्कारलाई तोड्दै दलित समुदाय राज्यका हरेक निकायमा नेतृत्व गर्न जरुरी रहेको बताए ।