सर्केगाडमा जलबायु परिर्बतन सम्बन्धी तालिम


हुम्ला, ७ माघ ।
हुम्लाको सर्केगाड गाउँपालिकामा जलबायु परिर्बतनको नीति तथा कार्यक्रम सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । किर्डाक नेपालको सहजिकरण र सर्केगाड गाउँपालिकाको समन्वयमा तालिम आयोजना गरिएको हो । तालिममा शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राबिधिक सहयोग तथा महिला कल्याण सेवाको साझेदारी रहेको थियो ।
तालिममा जनप्रतिनिधि, बिषयगत शाखाका प्रमुख, वडा सचिवहरुको सहभागिता रहेको थियो । तालिमको अन्तयमा  सहभागितामुलक  कार्ययोजना  समेत बनेको छ । कार्ययोजना अनुसार प्रत्यक वडाले कार्यक्रमहरु कार्यान्वयन गर्ने भनी सहभागिहरुले प्रतिबद्धता समेत जनाएका छन् । तालिमको समापन कार्यक्रममा बोल्दै वडा न ७ का अध्यक्ष कृष्णप्रसाद जोशीले तालिम प्रभावकारी रहेको बताए । कार्ययोजनामा उल्लेख भएका कार्यक्रमहरु वडाले कार्यन्वयन गर्ने उनको भनाई थियो ।
गाउँ पालिका अध्यक्ष कृष्ण रोकायाले तालिमले गाउँ पालिकाको आबाधिक योजना, जलवायु सम्बन्धिका नीति तथा कार्य विधि बनाउन सहज बनाएको उल्लेख गरे । समाबेशी योजना तर्जुमा गर्न समेत तालिमले सहयोग पुर्याउने उनको बिश्वास थियो । दुईदिने तालिमको सहजिकरण डिल्लु घिमिरेले गरेका थिए ।