बराहताल १० को सार्वजनिक सुनुवाई सम्पन्न
सुर्खेत । बराहताल गाउँपालिका वडा नम्वर १० ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आईतवार वडा कार्यालय रहेको स्थान सलैनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्वर १० मा आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ पौष महिना सम्म भएको आर्थिक गतिविधी र सेवा प्रवाहका विषयमा सेवाग्राहीहरुलाई जानकारी गराईएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले वडापालिको विकास निर्माण तथा सेवाको विषयमा प्रश्न तथा जिज्ञासाहरु राखेका थिए । सेवा ग्राहीले उठाए सवाल तथा प्रश्नहरुको जवाफ जवाफदेखी बक्ताहरुले दिएका थिए । कार्यक्रममा प्रमुख जवाफदेही बक्ताको रुपमा बराहताल गाउँपालिका वडा नम्वर १० वडा अध्यक्ष हरिलाल सलामी, वडा सचिव टेकनारायण चालिसे, तथा जवाफदेही बक्ताहरुमा आधारभुत स्वास्थ ईकाई सलैनाकी प्रमुख हुमा कुमारी पुलामी, पशु प्रविधिक केशव सिजापती, वडा प्राविधिक दुर्गा प्रशाद आचार्य वडा सदस्यहरु रत्न बहादुर गौतम, मोतिसरा दमाई, बुद्धीसरा विक र दिपक फौजा रहनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा ६ बुदै प्रतिबद्धता पत्र तयार गरिएको छ ।