लेकवेशीमा कोभिड खोप सुरु, नगर प्रमुखले गरे उद्घाटन


सुर्खेत  । लेकवेशी नगरपालिका सुर्खेतमा कोभिड खोप लगाउन सुरु गरिएको छ । नगरपालिकाको वडा नम्वर ४ मा रहेको प्राथमिक स्थास्थ्य केन्द्र दशरथपुरमा आईतवार देखी कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणका नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार सुरक्षा निकाय र गैरसरकारी संघ संस्थाका कर्मचारिका लागी खोप लगाउन सुरु गरिएको लेकवेशी नगरपालिकाका प्रमुख गगन सिं सुनारले जानकारी दिनुभयो । कोभिड खोप सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख गगन सिं सुनारले नगरबासि सर्बलाई विभिन्न चरणमा गरि खोप लगाईने बताउनुभयो । कोभिडबाट बचनका लागी खोप मात्र नभई सबैले सुरक्षाको उपायहरु अपनाउन अनुरोध समेत गर्नुभयो । यस पटक नगरपालिकामा २ सय ८८ जनालाई कोभिड खोप लगाईने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका खोप अधिकृत जितलाल ढकालले जानकारी दिनुभयो ।