उदाहरणीय जनप्रतीनिधी शाही, आफ्नो तलब सधै समाज सेवामा खर्च गर्छन


सुर्खेत ।
सिम्ता गाउँपालिका वडा नम्वर ३ का वडा सदस्य लोक बहादुर शाहीले आफ्नो सोवा सुविधा समाज सेवामा लगाउने गरेका छन् ।
वडा सदस्य शाहीले चन्द्र सेवा प्रा बि काक्रेतरा सिम्ता ३ मा असाय ,अशक्त र दलित विद्यार्थी लाइ छात्रवृत्ति को लागि आफुले पाउने सेवा सुविधा वापतको २१ हजार रुपैँया अक्षय कोषमा दिएका हुन । वडा सदस्य शााहीले यसअघि पनि पहिलो वर्ष मावि लापुमा स्वर्गीय दाजु यामु शाहीको सम्झनामा ५० हजारको,दोस्रो वर्ष आमा बुवाको सम्मानमा आधारभुत झ्याममा २५ हजारको अक्षयकोष स्थापना गरीसकेका छन्। साइकल यात्री तथा योग गुरु बालकृष्ण शाहलाई ३० हजार र सिम्ता बहुमुखी क्याम्पसलाई ११ हजार सहयोग लगाएत वडा सदस्य को नाममा आउने सेवा सुविधा सामाजिक कार्यमा लगाईरहेका छन् ।   कार्यक्रममा सिम्ता गाएापालिका वडा नम्वर ३ का वडा अध्यक्ष नहकुल बुढा विद्यालयमा प्रधानाध्यापक राधिका आचार्य विद्यालय व्यवस्थापन समितिका गुमान नेपालि, सिम्ता गाउँपालिकाका सामाजिक परिचालक चन्द्र बहादुर साही लगाएत कौशिला शाहि र अभिभावक ,विद्यार्थी ,रुपलाल महतरा, तिलक शर्माको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोग गर्ने सबैलाई वडा सदस्य शाहीले धन्यवाद दिएका छन् ।