जिपको ठक्करबाट एक किशोरीको मृत्यु


काठ्माडौ ।
ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल रहेकी छिन् ।
बुधबार (आज) बिहान बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएर गम्भिर घाइते बनेकी दाहालको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जिपसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकोछ ।