सेवा मैत्री बन्दै वीरेन्द्रनगर ५ नं. वडा , एकै दिन ३ कार्यालयको उद्घाटन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ५ नंं वडा कार्यालय, आधारभुत स्वास्थ्य सेवा केन्द्र र वडा मेलमिलाप केन्द्रको संयुक्त नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
भवनको उद्घाटन वीरेन्द्रनगर नगपालिकाका प्रमुख देव कुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र वडा नम्वर ५ का वडा अध्यक्ष राज बहादुर गुरुङ्ग तथा प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले गर्नु भएको हो ।
जिल्ला समन्वय समितीको कार्यलय र वडाको साझोदारीमा कुल १ करोड ३ लाख लागतमा वडापालिकाको प्रशासकिय भवनको निर्माण भएको वडा सचिव दिनेश सापकोटाले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले आजका वीरेन्द्रनगर नगरपालिकाले विकासका काममा थप फट्को मारेको बताउँदै नगरपालिका भित्रका २ वटा वडा वाहेक सम्पुणर् वडाले आफ्नै प्रशासकिय भवनदेखि जनतालाई सेवा दिन थालेको बताउनु भयो । आफुले नगर प्रमुखको जिम्मेवारी लिनुुपुर्व नगरपालिका भित्र जम्मा ४ वटा मात्र श्वास्थ्य चौकी रहेको र त्यसलाई वढाएर आफुले नगरपालिकाका प्रत्येक वडामा श्वास्थ्य चौकी निर्माण ग

रेर थप सफलता हात पारेको तथा जनताले अपेक्षा गरे अनुरुप विकास हसन नसकेको पनी नगर प्रमुख सुवेदीले आँैल्याउनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्र्दै नगर उपप्रमुख ढकालले जनताले घरघरमा सिंहदरवार आएको महशुस विस्तारै गर्न थालेको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका सेवा दिन सक्षम रहेको वताउदै अव वीरेन्द्रनगरको खानेपानि, चक्रपथ निर्माण, विद्युतको समस्यालाई प्रमुख एजेण्डाको रुपमा लिएर काम गरिने ढकालले बताउनुभयो । वडापालिकाले कार्यलयकोे भवन संगै श्वास्थ्य भवन र मेलमिलाप केन्द्रको सभा हलको समेत उद्घाटन एकैसाथ गरिएको हो । जनताका सानातिना झै झगडा हरुको लागि अव वडापालिकाको नव निर्मित सभाहलवाटै समाधान गरिने वडाध्यक्ष गुरुङ्गले बताउनुभयो ।
जनताको सबैभन्दा महत्वपुणर् विषय श्वास्थ्य भएको वताउदै अध्यक्ष गुरुङ्गले नयाँ श्वास्थ्य केन्द्रवाट बाट जनतालाई सेवा दिन थालिएको समेत बताउनु भयो ।
नयाँ भवनबाट सेवा प्रवाह हुन थाले पछी सेवा प्रवाहमा सहजता हुने छ ।