लेकवेशीमा १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु

  
सुर्खेत । दोस्रो नगर स्तरीय तथा १२ औ राष्ट्रपति रनिङ्ग शिल्डको लागि छनौट प्रतियोगिता लेकवेशीमा सुरु भएको छ ।
लेकवेशी नगर शिक्षा तथा युवा खेलकुद शाखा कल्याणको समन्वय तथा लेकवेशी नगर खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सुरु भएको हो । जिवन ज्योती माद्यामिक विद्यालय दशरथपुरको खेल मैदानमा सुरु भएको प्रतियोगितामा लेकवेशीका १२ वडा विद्यालयहरु जिवन ज्योतीमावी दशरथपुर, नेरामावी नेटा, नेरामावी चुनियापानी, नेरामावी, कुईनेपानी, सरस्वतीमावी कल्याण, जनप्रीय मावी ब्यावरे, आदर्शमावी लेखफर्सा, लक्ष्मीमावी लवना, चन्द्रज्याेती मावी चन्द्रपुर, पशुपतीमावी पुलटा, जनक मावी गमखाेला र खाँणदेवी मावी चौरासे सहभागी भएको नगर खेलकुद विकास समितीका उपाध्यक्ष हेमन्त मल्लले जानकारी दिनुभयो । चैत २१ गते सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन लेकवेशी नगरपालिका नगरखेलकुद विकास समितीका संयोजक एवम नगर उपप्रमुख शान्ती कुमारी छन्तेलले गर्नुभएको हो । कार्यक्रमा नगरप्रमुख गगन सिं सुनारलाई सालामी दिईएको थियो । प्रतियोगितामा एथलेटिक तर्फका खेलहरु साथै, भलिवल, कबड्डी खेलहरु हुने जनाईएको छ । प्रतियोगितामा छनौट हुने खेलाडीहरु सिम्तामा हुने जिल्ला स्तरको प्रतियोगितामा सहभागि हुनेछन् ।