धरहराको टुप्पोमा गजुर राखियो, प्रधानमन्त्री वलीले उद्घाटन गर्ने तयारी


काठमाडौँ । धरहराको पुनः निर्माणपछि टुप्पोमा गजुर राखिएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको निर्माणाधिन धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि धरहराको टुप्पोमा बुधबार गजुर राखिएको हो ।
नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले भन्नुभयो, बुधबार धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर राखिएको छ, जसमा ९५ तोला ३ लाल सुन रहेको छ ।’
उहाँका अनुसार टुप्पामा गजुर राख्नुअईघि २१ तलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिव लिङ्ग र नयाँ गजुरको पूजा गर्नुभएको छ ।
भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।