नेपाली कांग्रेसको पदाधिकारी बैठक २ बजे बस्दै


काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने भएको छ ।
सोमवार स्थगित भएको बैठक आज सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।
बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थिति, विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे समीक्षा हुनुका साथै पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।