चौकुनेमा ५० शैयाकोे आईसोलेशन कक्ष स्थापना


सुर्खेत । चौकुने गाउँपालिका सुर्खेतले अक्सिजन सहितकाे ५० शैयाकोे आईसोलेशन कक्ष स्थापना गरेको छ ।
गाउँपालिकाको वडा नम्वर ५ मा रहेको जीवन ज्योति माद्यामिक विद्यालयमा ५० शैयाको आईसोलेसन कक्ष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
विश्व भर महामारीको रुपमा फैलिरहेको नयाँ प्रजातिको भेरयिन्ट कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि अक्सिजन सहितको आइसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिकाकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीका अनुसार भाईरस नियन्त्रण गर्न र फैलिन नदिन गाउँपालिकाले सबै जनशक्ति प्रयोग गरि आईसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ ।