५३ घर धुरीलाई बाख्रा वितरण ।


सुर्खेत ।
जिल्लाको लेकवेशी नगरपालिका वडा नं.–३, सुर्खेतमा ५३ घर धुरीलाई प्रतिघर धुरी  २ वटाको दरले १०६ वटा बाख्रा वितरण गरिएको छ ।
कर्णाली प्र्रदेश सरकार भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपंक्षी विकास निर्देशनालय सुर्खेतको १० लाख लगानी तथा लक्षित वर्ग अर्गानिक कृषि प्रवर्धन कार्यक्रम सञ्चालन उपभोक्ता समिति लेकवेशी–३, सुर्खेतको १५ प्रतिशत लगानीमा मंगलबार लेकवेशी–३ मा एक कार्यक्रमको आयोजना गरि उक्त बाख्रा वितरण गरिएको हो ।
सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एवं कर्णाली प्रदेश सांसद सिता नेपालीले ग्रामिण भेगमा रहेका लक्षित वर्ग समूदायहरुको जीवनस्तर उकास्न तथा मासुजन्य पदार्थको उत्पादन बढाउकोलागि प्रदेश सरकारले बाख्रा पालनकोलागि योजना बनाएको र आगामी योजनामा उक्त समूदायलाई बोयर जातको बोका समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छिन ।
कार्यक्रम उपभोक्ता समितिको अध्यक्ष गंगबहादुर लुपलुङ्गेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा समाजसेवी तिलक प्रसाद पाण्डे, टार्जन कुमार ओली, स्याम परियार लगायतको उपस्थित रहेको थियो ।