बाघको छाला सहित एक पक्राउ


सुर्खेत ।
बुधबार साझ जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाघको छाला सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट ९ का २६ बर्षिय पुरुष वीरेन्द्र कुमार खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कनक शाहीले जनाकारी दिए ।

बिषेश सुचनका आधारमा जिल्ला कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त खत्रीले चलाएको भे ४ प ४८८७ नम्बरको मोटरसाईकलमा बोटेचौरबाट सल्ली बजार तर्फ जाँदै गर्दा उनले बोकेको झोलामा टाउको देखी पुच्छर सम्म भएको चितुवा (बाघ) को छाला सहित खत्रीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी गुर्भाकोट शब डिभिजन बन कार्यालय मेहलकुना पठाएको प्रहरीले जनाएको छ ।