तेलपानी भुरीगाउँ सडकमा मन्त्री थापा


सुर्खेत । कर्णाली प्रदेशका भौतीक पुर्वाधार विकास मन्त्री अमर बहादुर थापाले सुर्खेत बर्दिया जोड्ने सडकको अनुगमन गर्नु भएको छ । विहिवार पुर्वाधार मन्त्री थापा सहित पुर्वाधार निर्देशनालयका प्रमुख सहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमन पश्चात वीेरेन्द्रनगर नगरपालिका वडा नम्वर २ पर्नेमा भुरेली फलाँटे हुदै रानीघाट पुग्ने सडकको काम संचालन भईरहेको र समयमै काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिईएको मन्त्री थापाले नेपालदर्शन लाई जानकारी दिनुभयो ।
सुर्खेतबाट कोहलपुर हुँदै बर्दिया पुग्न करिब ८० किलोमिटर घुम्नुपर्ने बाध्यता छ । कूल ५२ किलोमिटरमध्ये सुर्खेततर्फ ३२ किलोमिटर पर्दछ ।
सडकमा पर्ने बर्दिया राष्ट्रिय निकुज्ज, भेरी नदीमा निर्माणाधीन पुल समयमै बन्न नसक्दा र बजेट विनियोजन नहुँदा वर्षौंदेखि अलपत्र परेको छ ।