वीरेन्द्रनगर काेभीड अस्पताललाई सुन्दर नेपाल संस्थाकाे सहयोग

सुर्खेत ८ जेठ । सुन्दर नेपाल संस्था सुर्खेतले वीरेन्द्रनगर नगरपालिकालाई ४ लाख ५९ हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नगरपालिकाले संचालन गरेको नगर कोभिड अस्पताललाई पिपिई सेट, हाईजीन किट, सेनीटाइजर मास्क लगायत हस्तान्तरण गरेको हो । स्वास्थ्य सागम्री बुझ्दै नगर प्रमुख देवकुमार सुवेदीले संस्थाको सहयोगले कोभिडले प्रतिकार्यमा महत्वपूणर् सहयोग पुग्ने बताउनुभयो । उहाँले अहिलेको पहिलो प्राथमिकता नागरिकको जिउ ज्यानको रक्षा गर्नु नै भएकाले त्यसमा सहयोग गर्न साझेदार संस्थाहरुलाई आग्रह गर्नुभएको छ । सामग्री हस्तान्तरण गर्दै सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कंडेलले कोभिड प्रतिकार्यमा स्थानीय सरकारलाई सहयोग पुर्‍याउनका लागि सहयोग गरिएको बताउनुभयो । सामग्री हस्तान्तरणमा गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसी, सुन्दर नेपालका कार्यक्रम संयोजक ओमप्रकाश थापा लगायतको उपस्थिति रहेको थियो ।