मंगलबार पनि पुरानै इजलासलाई निरन्तरता

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार (आज) पनि यसअघिकै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन् ।
प्रतिनिधिसभाको पछिल्लो विघटनको मुद्दाको प्रारम्भिक दुई दिनको सुनुवाइ पनि यिनै न्यायाधीश सम्मिलित संवैधानिक इजलासले गरेको थियो ।
इजलासमा संलग्न न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि सोमबारको सुनुवाइ स्थगित गरिएको थियो । अरू दुई न्यायाधीश केसी र श्रेष्ठले आफूहरुले सुनुवाइलाई निरन्तरता दिने बताएपछि फेरि मंगलबार पनि यही इजलास कायम भएको हो ।