कालिकोटका वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्री शाहीले दिए निर्देशन

कालीकाेट । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटका स्थानिय तहलाई विपद् प्रतिकार्यका लागि वडा स्तरमा स्वयंमसेवक परिचालन गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य पुर्वाधार र योजना अनुगमनका लागि गृह जिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोदन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणको पहिलो प्राथमिकता जनचेतना भएको भन्दै आवश्यक जनचेतना फैलाउनसमेत आग्रह गरेका छन् ।
कालिकोट पुगेका मुख्यमन्त्री शाहीले सोमबार नै जिल्ला अस्पताल कालिकोटका डाक्टरहरुसँग पनि छलफल गरेका छन् ।