जसपाका महन्थ, राजेन्द्र लगायत ४ नेता पार्टीबाट निस्कासित


काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायत ४ जनालाई पार्टीबाट निस्कासन गरेको छ ।
ठाकुर र महतोसहित लक्ष्मणलाल कणर् र सर्वेन्द्रनाथ शुक्ललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेता इश्तियाक राईले जानकारी दिए । यसअघि जसपाका अध्यक्ष यादवले महन्थ र राजेन्द्र लगायतलाई स्पष्टीकरण सोधेका थिए । महन्थले पनि यादवलाई दुईपटक स्पष्टीकरण सोधेका थिए ।
महन्थ पक्षले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तता दिने र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने लाइन लिएपछि जसपा विवाद उत्कर्षमा पुगेको थियो ।