युएसएआइडीद्धारा कर्णालीमा ८ करोड बढीको स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत । युएसएआइडीको स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाद्धारा कर्णालीमा ८ करोब बढिको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेशको सुर्खेतमा रहेको आरटी पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा रहेको प्रयोगशाला, दैलेख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ल्याबलाइ बायोसेपफ्टि क्याबिनेट तथा ल्यामिनार फ्रलो हस्तान्तरण गरेको हो ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगद्धारा संचालीत स्वास्थ्यको लागि सक्षम प्रणाली अन्तर्गत हाल सम्म कणार्ली प्रदेश अन्तगर्त १० वटै जिल्लामा फ्रिज, सेन्ट्रीफुग मेसिन, अक्सिजन सिलिण्डर, पावर व्याकअप इकाई, अटोमटिक आरएनए इक्स्ट्राक्सन मेसिन, भर्टेक्स मेसिन, पिपिई सामाग्रीहरू हस्तान्तरण गरेको हो ।
परियोजनाका दिप नारायण सापकोटाले चालु आर्थिक वर्षमा परियोजनाले कोभिड इर्मजेन्सी रेस्पोन्स मार्फत ल्याव्रोटेरी सहयोग गरेको बताए । उनले यस्तो गर्नुको मुख्य कारण प्रयोगशालामा कार्यरत कर्मचारीहरु कोभिड संक्रमण बाट जोगिउन भन्ने रहेको जानकारी दिए ।


आठ करोड १५ लाख १९ हजार ८३२ रुपैंया बराबरका स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसीले परियोजनाको सहयोग अत्यन्तै राम्रो रहेको बताए । ‘यहाँहरुले कर्णालीमा आवश्यक परेको समयमा स्वास्थ्य सामाग्री सहयोगगरेर ठूलो सहयोग गर्नुभएको छ । यहाँहरुको सहयोगले कर्णालीका नागरिकलाई कोभिडबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ेन अपेक्षा लिएको छु ।’ मन्त्री विसीले भने, ‘आगामी दिनमा मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयमा आवश्यकता अनुसारका सामाग्री ल्याउन आवश्यक सहकार्य गर्नुहुनेछ भन्नेमा म पूर्णतः विश्वस्त छु ।’