काेराेना कहरमा सक्रियता बढाउँदै वीरेन्द्रनगरका मेयर शुवेदी


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका मेयरले देब कुमार शुवेदीले कोरोना कहरमा बिरामीको उद्धारमा शक्रीयता बढाएका छन् ।
नगर प्रमुख शुवेदीको निजी सचिवालयले आइतबार ६ बुँदे निर्णय सार्वजनीक समेत गरेको छ ।
निजी सचिवालयका अनुसार कोभिडका विरामीको उद्धारका लागी जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिकाका गरी ३ वटा एम्बुलेन्स संचालन गर्ने, एम्बुलेन्स छुट्नु पूर्व कोभिड पोजेटिभ भएको, लक्षणहरू भएको र अस्पतालमा बेडको एकीन  कटकुवा अस्पतालको ड्यूटीको स्वास्थ्यकर्मीले एकीन गर्ने निर्णय भएको छ ।
अस्पतालबाट डिस्चार्ज भएका वा कोभिड टेस्ट नगरेका विरामी कोभिड एम्बुलेन्सले नबोक्ने जस्ता निर्णय भएको सचिवालयले जनाएको छ । यस्तै एम्बुलेन्सका लागी कोभिड नगर अस्पतालकोे फोन नम्वर ०८३ ५२४४०३ मा, जनप्रतीनीधी र स्वास्थ्यकर्मीहरु संग सम्पर्कका लागी ०८३ ५२४४०३ र ९८५८३२०००४ मा सम्पर्क गर्न नगरबासिमा मेयर शुवेदीले अनुरोध गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।