सामाजिक उत्तरदायित्व समावेशीता र युवा जवाफदेहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुर्खेत ।
शनिबार लेकवेशीमा सामाजिक उत्तरदायित्व समावेशीता र युवा जवाफदेहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा संस्था संजाल आयोन को आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । शनिबार सम्पन्न कार्यक्रमले विभिन्न निर्णय गरि प्रतिबद्धता समेत गरेको छ ।


कार्यक्रममा नेपाल युवा संस्था संजाल आयोनको कार्यक्रम संयोजक रेखा वलीले कार्यक्रमको योजना र उद्देश्यको बारेमा जनाकरी दिएकी थिइन भने सुन्दर नेपाल संस्था, सुर्खेत पारस्परिक जवाफदेहिता परियोजनाका खिम रेग्मीले कार्यक्रमको सहजीकरण गरेका थिए ।


कार्यक्रममा लेकवेशी नगरपालिकाका नगर प्रमुख गगन सिं सुनार, प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद खरेल, जनप्रतिनिधिहरु, कर्मचारीहरु, नागरिक समाजमाजका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन भने नेपाल युवा संस्था संजाल आयोनको प्रयास कार्यक्रमको परियोजना संयोजक गगन खड्काले गरेका थिए ।