सिम्ताका १८ जनाले ब्यावसायीक तालिम पाए

सुर्खेत ।
सुर्खेतको सिम्ता गाउँपालिकामा महिलाहरुकालागि आयोजना गरिएको ५ दिने सीप तथा व्यावसायीक तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको महिला तथा वालवालिका शाखाको आयोजनामा २२ देखि २६ सम्म तालिम सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता टेकनारायण विश्वकर्माले जानकारी दिए ।
गाउँपालिकाका ९ वटै वडाका २÷२ जना महिलाहरुलाई दालमोठ र दाम्ला मिठाई उत्पादन सम्बन्धि तालिम दिईएको छ ।
काँसी दालमोट उद्योग पञ्चपुरी सुर्खेतका अमरप्रसाद तिमल्सेनाले महिलाहरुलाई तालिमको सहजीकरण गरेका थिए ।
गाउँपालिकाले पालिका स्तरिय उद्योग स्थापना गरेर प्रत्येक वडामा यस सम्बन्धि तालिम दिने योजना बनाएको महिला तथा वालवालिका शाखाका संयोजक कृष्णा शाहीले जानकारी दिईन ।
यसैबिच गाउँपालिकाको स्वास्थ शाखाले बिहिवार नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण सम्बन्धि स्थानिय तहका सरोकारवाहरुसंग १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सुगर, व्लडप्रेसर, दम लगायतका रोगबाट बच्ने उपाय र रोकथामका बारेमा छलफल गरिएको थियो ।
नसर्ने रोग सम्बन्धि काम गर्ने चिकित्सकहरुले सहभागीहरुलाई विभिन्न नसर्ने रोगहरुको बारेमा जानकारी गराउँदै यसबाट बच्ने उपायका बारेमा सचेत गराएको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।