नगरपालिकाको गाडीमा आगजनी

सुर्खेत ।
मंगलबार राती अज्ञात समूहले अछामको मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गरेका छन ।
नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राती २ बजेतिर अज्ञात समूहले आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
आगजनी गर्नेहरुको खोजी भैरहेको शाहीले बताए । उनका अनुसार गाडीमा रातीको समयमा आगजनी गरिएकाले आगजनी कसले गरेको हो, भन्ने कुरा पत्ता लगाउन सकिएको छैन ।
गत वर्ष नगरपालिकाले खरिद गरेको गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ ।