वीरेन्द्रनगर ५ को भवन शिलान्यास गरियो

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ को भवन शिलान्यास गरिएको छ । बुधवार एक विशेष सामरोहका बीच जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले भवनको शिलान्यास गरेका हुन् । भवनको लागि जिल्ला समन्वय समितिले २० लाख रुपैयाँ प्रदान गरेको छ ।
भवन शिलान्यास कार्यक्रममा समन्वय समितिकी उपप्रमुख देवी भट्टराई, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायतको उपस्थिति थियो । वडाअध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महिला स्वयंसेविका, स्वास्थ्य आमा समुहलगायत सामुदायिक संस्थाका प्रतिनिधिहरु समेत उपस्थित थिए ।