नेपालका बार नवनिर्वा्चित उपाध्यक्षलाई सुर्खेतमा स्वागत

सुर्खेत । नेपाल बार एसोसिएसनका नवनिर्वा्चित उपाध्यक्ष मिन बहादुर महतलाई सुर्खेत बार एसोसिएसनले सम्मान र स्वागत गरेको छ । नवनिर्वा्चित महतलाई बार एसोसिएसनमा आवद्ध कानुन व्यवसायीहरुले स्वागत र सम्मान गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै मिन बहादुर महतले बारलाई प्राज्ञिक र व्यवसायीक बनाउन निर्वा्चित सवै पदाधीकारीहरु कटिबद्ध भएको जनाएका छन् । उनले भने न्याय क्षेत्रमा देखिएका विभिन्न विकृति र विसंगतीको अन्त्य गर्न सवै निर्वा्चित पादाधिकारीहरु लाग्छौं । यो हाम्रो चुनावी एजेण्डा पनी हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भुषण कुमार मानन्धरले कर्णालीलाई राज्य र राज्य संचालकहरुले जहिले पनि उपेक्षा गरेकोले प्रदेशको प्रतिनिधीले यहाँका कानुन व्यवसायीहरुको आवाज बुलन्द गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै जिल्ला बार सुर्खेका अध्यक्ष नन्दबहादुर भण्डारीले कर्णालीको न्याय क्षेत्रमा देखिएका विभिन्न विकृतिहरुलाई बारले समन्वय र सहकार्य मार्फत अन्त्य गर्न नवनिर्वा्चित उपाध्यक्षले भुमिका खेल्नुपर्ने बताए ।