पुर्वाधार भन्दा सामाजिक विकास प्राथमिकतामा छ – नगर प्रमुख सुनार

सुर्खेत । पुर्वाधार भन्दा सामाजिक विकासका योजनाहरुलाई प्रथमिकताका राख्ने नगरपलिकाका प्रमुख गगन सिं सुनारले बताएका छन् ।
शुक्रबार लेकवेशी नगरपालिका सुर्खेतको आयोजना, मध्यपश्चीम रिसर्च ट्रेनीङ एण्ड सेन्टर को समन्वय तथा नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाको सहजीकरणमा सुरु भएको जनप्रतिनिधि तथा कर्मचारीहरुका लागी योजना तर्जुमा सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै लेकवेशी नगरपालिकाका नगर प्रमुख सुनारले बस्ती तथा टोल भेला गर्दा जनप्रतीतिनै चनाखो हुनु पर्ने बताए ।
योजना छनौटको समयमा कर्मचारी तथा जनप्रतिनिधि सबै आ आफ्नो स्थानबाट लाग्नु पर्ने बताए ।
कार्यक्रम शनीवार सम्म संचालन हुने तालिम संयोजक खिम रेग्मीले जानकारी दिए ।