सुर्खेत कारागारमा नाराबाजी, छानवीन हुन्छ जेलर खरेल

सुर्खेत कारागारमा कैदीबन्दीहरुले नाराबाजी गरेका छन् । कैदी सरुवाको विषयलाई लिएर नारावाजी भएको हो । शनिवार साँझा ५ बजेदेखी नाराबाजजी सुरु भएको हो । कारागार प्रशासनले शुक्रबार १५ जना कैदीहरुको सरुवाको लागी सिफारिस गरेको थियो ।
कारागारका अनिमियतता भएको कैदीपक्षले बताएका छन् ।

यता कारागारकी जेलर लक्ष्मी खरेलले भने कैदीहरुले आन्दोलन गर्नुको विषयवस्तु पत्ता नलागेको बताईन् । अनुसन्धान जारी रहेकाले अहिले केहि भन्न नसकिने उनले बताईन् । समस्या समाधानका लागी छानवीन समिति गठन हुने उनले बताईन । कारागारमा कैदीहरुले नाराबाजी गरिरहेका छन् ।