साझेदारीको अभ्यासमा लेकवेशी नगरपालिका

सुर्खेत ।
लेकवेशी नगरपालीकाका जनप्रतीनिधी तथा स्थानीय सभाका सदस्यहरु , रेडियो श्रोता समुहहरु र कर्मचारीहरु लागि सहभागितामुलक योजना निर्माण प्रक्रिया सम्बन्धि २ दिने अभिमूखिकरण कार्यक्रम गरिएको छ ।
लेकवेशी नगरपालिकाको आयोजना तथा आर्थिक सहयोग सुन्दर नेपाल संस्थाको सुर्खेतको सहजिकरणमा सञ्चालित नागरिक समाज ः पारस्पारिक जवाफदेहीता परियोजनाको सहजिकरण तथा र मध्य पश्चिम ट्रेनिङ्ख एण्ड रिर्सच सेन्टर द्घारा समन्वय थियो ।
कार्यक्रममा स्थानीय स्तरको योजना तर्जुमा प्रक्रियाको बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो । कार्यक्रमको सहजिकरण पारस्पारिक जवाफदेहीता परियोजनाको कार्यक्रम संयोजक खिम बहादुर रेग्मीले गरेका थिए ।
कार्यक्रममा योजना तर्जुमाका प्रक्रिया, योजना छनौटका सात चरण, योजना छनौटका विधि र योजना प्राथमिकिकरण आधार लगायकतका विषयमा अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रममा सहभागिले स्थानीय सरकारका लागि व्यवस्था भएका संवैधानिक नीति कानुन अनुसार आफ्ना कामलाई प्रभावकारी र गुणस्तरिय गराउनको लागि यो अभिमुखिकरणले क्षमता विकासमा सहयोग पुर्याएको कुरा बताए ।
यसरी ७ चरणको प्रक्रियालाई कार्यान्वयन गर्दै अगाडि बढे नागरिकका गुनासाहरुलाई र अपेक्षाहरुलाई सम्वोधन गर्न सहज हुने कुरामा विश्वास गरिएको छ ।
अभिमुखिकरण कार्यक्रम नगर प्रमुख गगनसिं सुनारको अध्यक्षातामा सम्पन्न भयको थियो ।
नगर प्रमुख सुनारले नगर भित्र रहेका विभिन्न समितिहरु आर्थिक विकास,सामाजिक विकास , पुर्वाधार,वन वातावरण तथा विपद व्यवस्थापन र संस्थागत तथा सुशासन समितिले यतिवेला सिकेका कुरालाई चनाखो भएर फिल्डस्तरमा व्यवहारमा लाग्नु पर्ने र गरीव,विपन्न र लक्षित वर्गका मागहरुलाई महत्वकासाथ कार्यान्वयन गर्नुपर्ने कुरा सुझाव दिएका थिए ।
पालिकाले नागरिक समाज,नीजिक्षेत्र र राज्यको सहकार्य र साझेदारीको अभ्यास गरी योजना छनौट प्रक्रियामा मात्र होइन कार्यान्वयन,अनुगमन र वितरण सम्म पनि संगसंगै जाने कुरा बताए ।