डिभाइन युथ क्लब सुर्खेतको अध्यक्षमा शर्मा

सुर्खेत । डिभाइन युथ क्लब सुर्खेतको अध्यक्षमा प्रसान्तसागर शर्मा चयन भएका छन् । ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अजुन आचार्य सचिबमा विवेचना खनाल त्यस्तै कोषाध्यक्षमा मेनुका पछाइ र सदस्यमा लक्ष्मि खनाल लगायत अन्य कार्यसमितीमा रहेका छन् । सामाजिक कार्य गर्ने उद्देश्यले यो क्लब स्थापना गरीएको डिभाइन युथ क्लबका केन्द्रय अध्यक्ष उत्सबराज पाण्डेले बताए, हामिले विगत लामो समय देखि सामाजिक कार्य गर्दै आइरहेका छौ, कुनै नाफा कमाउने उद्देश्य नभएर सामाजिक कार्यको लागि यो क्लब उद्घाटन गरिएकोे बताए । उद्घाटकै दिन क्लबले विरेन्द्रनगरमा रहेको मानब सेवा आश्रममा रहेका वृद्ध असाय लाई कपडा लगाएत आफ्नै हातले भोजन गराएका थिए । क्लबले अब आगामी दिन सामाजिक कार्य गर्ने र दुखी असाय लाई सहयोग गर्ने सुर्खेतका अध्यक्ष शर्माले बताए ।
सोहि कार्यकम विच केन्द्रिय प्रतिनिधीमा तिन जना चयन गरीएको छ, जसमा देवराज न्यौपाने, बद्री बोहरा र मनिसा बुढालाई चएन गरीएको हो । केन्द्रिय प्रनिधीका रुपमा रहेक युबा देबराज न्यौपानेले भने की सामाजिक सेबा गर्नु नै मानवको ठुलो धर्म भएको र अहिले मानिस भगवान खोज्न मन्दिर पुग्छन् तर भगवान खोज्न मन्दिर पुग्नु पर्दैन राम्रो काम गरे आफै भगवान भइन्छ । त्यसैले म सामाजिक सेवाको लागि यो क्लबमा आबद्ध रहेको बताए ।
कार्यक्रममा कर्णाली प्रदेश उद्योग तथा पर्यटन मन्त्रि मा. नन्दसिंह बुढा लगाएत अन्य अतिथिको उपस्थिती रहेको थियो। डिभाइन युथ क्लब अहिले देश भरी गरी लगभग ६० को हारहारीमा यसका साखा रहेका छन् ।